कमेडी च्याम्पियन भरतमणिले भेटे पारस शाहलाई, पारसले दिय यस्तो टिप्स

केन्द्रभाग मिडिया

पोखरा ।
कमेडी च्याम्पियन २ का विजेता भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहलाई भेटेका छन् । हास्य कलाकार दले दाइ (सुमन कोइराला) सगै पारसलाई भेट्न पुगेका थिए ।

दुवैबीच एक घण्टा कुराकानी भएको भरतमणिले सामाजिक संचालमा पोष्ट गरेका छन् । कमेडि च्याम्पियनमा भरतमणिले पारसको क्यारीकेचर गर्दा निकै रुचाइएको थियो ।

उनले सामाजिक संजालमा यस्तो लेखेका छन्:–
एकदमै खुसी छु केही दिन अघि पुर्वयुबराज पारस शाह सङ्ग भेट्घाट गर्ने अवसर मिल्यो , उहालाइ भेट्न म र सुमन कोइराला दरबारमार्गको शेर्पा मलमा गएका थियौ, लगभग १ घन्टाको बसाइमा रमाइलो गफगाफ भयो । उहाको शुभचिन्तक थिए भेटघाट पछि झन ठूलो प्रसंशक भए , साच्चैनै भन्नेनै हो भने उहाँ सारै रमाइलो साथी जस्तै हुनुहुदो रहेछ यो अवसर मिलाइदिनु हुने मुनेन्द्र सरलाइ धेरै धेरै धन्यवाद ।

  • ९ कार्तिक २०७८, मंगलवार १२:४७ प्रकाशित