सूडान: सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सात जना मारिए

केन्द्रभाग मिडिया

काठमाडौं ।

सूडानमा सेनाको गोलीबारीमा परि सात जनाको ज्यान गएको छ ।

सैन्य कूको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा परि ७ को मृत्यु भएको हो भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो हातमा लिएको छ ।

सेनाले आपतकालको घोषणा गर्दै प्रधानमन्त्री र अन्य नेतालाई पक्राउ गरेको छ । सैन्य कूको विरोधमा प्रदर्शनकारी सडकमा उत्रिएका छन् । राजधानी खार्तूममा स्थानीय स्तरमा विरोध प्रदर्शन आयोजना गर्नेहरुको गिरफ्तारीका लागि सेना घर–घर गइरहेको बताइएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार ०९:२५ प्रकाशित