आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

केन्द्रभाग मिडिया

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहस्तरीय अधिवेशन आज गर्दैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने तयारी एमालेले गरेको हो ।

एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६ गते देशभरका अधिकांस स्थानमा वडा अधिवेशन सम्पन्न भएको थियो ।

प्राविधिक र भौगोलिक कारणबस केहि स्थानीय तहमा सम्भव नभए पनि आज अधिकांश गाउँपालिका र नगरपालिकामा अधिवेशन हुँदैछ ।

सिरहाको लहान नगरपालिकामा भने आइतबार नै नगर अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार ०७:११ प्रकाशित