निजी अवास पुनर्निर्माणको काम कसरी हुदैँछ?, कहिलेसम्म पाइन्छ अनुदान

केन्द्रभाग मिडिया

पोखरा ।

निजी आवास वा स्वास्थ्य तथा अन्य संस्था पुनर्निर्माणका बाँकी कामको जिम्मा सहरी विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले पाएको छ ।

कास्कीमा पनि पुननिर्माणको काम विभाग अन्र्तगतको संघीय आयोजना कार्यान्वयन इकाइले पुननिर्माणको जिम्मा पाएको छ ।

कार्यालयले विभागबाट प्राप्त निर्देशन अनुसार पुननिर्माणको कामलाई अगाडी बढाउने तयारी गरेको संघीय आयोजना कार्यान्वयन इकाइ, कास्कीका आयोजना प्रमुख झपट बहादुर थापाले जानकारी दिए । मंसिरसम्म निजी निवास निर्माणको समय रहेको उनले जानकारी दिए । असार मसान्तसम्म आवेदन दिएका लभग्राहीले अनुदान प्राप्त गर्ने छन् ।

बजेट र कर्मचारी दरबन्दी स्विकृत भएर आइनसकेकोको थापाले बताए । आए पछि कामले निरन्तरता पाउछ । पुस मसान्त सम्म निजी आवासको काम स्थानिय तहलाई जिम्मा लगाउने गरि काम भइरहेको उनले बताए । प्राधिकरणले ८५ प्रतिशत पुननिर्माणको काम सकेको बताएको छ ।

पुननिर्माण प्राधिकरणले गदै आएको काम विभिन्न कार्यालयलाई जिम्मा लगाइएको छ । सडकजस्ता ठुला पूर्वाधार निर्माणको काम स्थानीय पूर्वाधार विभागले गर्नेछ।

शैक्षिक संस्था पुनर्निर्माणको काम शिक्षा मन्त्रालय र पुरातात्त्विक संरचनाको पुनर्निर्माणको काम पुरातत्त्व विभागले गर्नेछ ।

२०७२ सालको भूकम्पले ध्वस्त संरचना निर्माणको मुख्य जिम्मा सहित सोही वर्ष पुसमा गठित पुनर्निर्माण प्राधिकरणको कार्यावधि आगामी पुस ९ गते सकिँदैछ।

  • ८ कार्तिक २०७८, सोमबार १७:४६ प्रकाशित