कोमलवली सहितका यी सांसद जसको पदावधि फागुन २० देखि सकिदैँ (नामसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

राष्ट्रिय सभाका २० सांसदको चार वर्षे कार्यकाल सकिने भएको छ । गोला प्रथाबाट कार्यकाल निर्धारण गरिएका २० राष्ट्रिय सभा सांसदको पदावधि आगामी फागुन २० मा सकिने भएको हो ।

जसअनुसार नेकपा एमालेका ८, माओवादी केन्द्रका पाँच, एकीकृत समाजवादीका ४ र नेपाली काँग्रेसका ३ जना सांसदको पदावधि सकिन लागेको हो । जसअनुसार एमालेका नैनकला ओझा, परशुराम मेघी गुरुङ, अगम प्रसाद वान्तावा, चक्रप्रसाद स्नेही, सुमनराज प्याकुरेल , कोमल वली , रामलखन चमार र कविता बोगटी कार्यकाल सकिँदैछन् ।

यस्तै माओवादी केन्द्रका शशीकला दाहाल, खिमकुमार विक, दिनानाथ शर्मा ,जीवन बुढा र रामनारायण विडारीको पदावधि सकिदै छ । नवगठित नेकपा एसका उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी, शेरबहादुर कुवँर, खगेन्द्र प्रकाश पुरीको चार वर्षे कार्यकाल पनि सकिएको छ ।

यस्तै नेपाली राधेश्याम अधिकारी, दृघघनारायण पाण्डे, तारादेवी भट्टको पनि पदावधि सकिँदैछ ।

संविधानको धारा ८६ मा राष्ट्रिसभा गठनसम्बन्धी व्यवस्थामा राष्ट्रिय सभाका सदस्यहरूको पदावधि छ वर्षको हुनेछ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने व्यवस्था छ ।

  • ८ कार्तिक २०७८, सोमबार १७:०२ प्रकाशित