देशभर १३ संक्रमितको मृत्यु, थपिए ७७६ संक्रमित, निको हुनेको दर ९७.३ प्रतिशत

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर १३ संक्रमितले ज्यान गुमाएका छन् ।

देशका विभिन्न अस्पतालमा उपचाररत र होमआइसोलेसनमा रहेका मध्ये सो संख्यामा संक्रमितको ज्यान गएको हो । यो सँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो अपडेट अनुसार थप ७७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (सोमबार )गरिएको पीसीआर परीक्षणबाट ६७३ र एन्टिजेन परीक्षणबाट १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१० हजार ८६४ गरिएको नमूना परीक्षणमा ८२८४ पीसीआर परीक्षण र २५८० एन्टीजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।सोही अवधिमा ५०१ जना कोरोनामुक्त भएका छन् ।

संक्रमित बन्नेको संख्या पीसीआर परिक्षणबाट ८ लाख ९हजार ७२९ र एन्टीजेनबाट ९४ हजार ११८ पुगेको छ । यस्तै निको हुनेको संख्या ७ लाख ८८हजार ८ रहेको छ । निको हुनेको दर ९७.३ प्रतिशत रहेको छ । हाल २१९ जना देशभरका क्वारेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

अहिले देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ३६० छ ।

  • ८ कार्तिक २०७८, सोमबार १६:४८ प्रकाशित