निर्वाचन आयोगको प्रस्ताव : स्थानीय तहको चुनाव चैत ५ भित्र

केन्द्रभाग मिडिया

काठमाडौं ।

निर्वाचन आयोगले आगामी चैतको पहिलो साताभित्रै स्थानीय तहको चुनाव गर्न प्रस्ताव गरेको छ । आयोगले आज प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलको क्रममा चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्न सरकारसँग सिफारिस गरेको हो ।

स्थानीय तहका सम्पूर्ण पदाधिकारीको कार्यकाल आगामी जेठ ५ गते सकिँदैछ । त्यसभन्दा तीन महिनाअघि नै निर्वाचन हुनुपर्छ । स्थानीय तहको निर्वाचन गर्न ६ महिना भन्दा कम समय रहेकाले अब रिक्त ठाउँमा भने उपचुनाव हुने छैन ।

त्यस्तै फागुनमा रिक्त हुने राष्ट्रियसभाको निर्वाचन माघको पहिलो साता गर्न आयोगले सरकार समक्ष सिफारिस गरेको छ ।

यसबारे सरकारले उपयुक्त निर्णय गर्ने आश्वासन देउवाले आयोगलाई दिएका छन् ।

  • ८ कार्तिक २०७८, सोमबार १६:१८ प्रकाशित