पाँचथर बस दुर्घटना : २ को मृत्यु, ६२ घाईते

केन्द्रभाग मिडिया

पाँचथर।

पाँचथरमा आज बिहान भएको बस दुर्घटनामा घाईते मध्ये दुई जनाको ज्यान गएको छ ।

फिदिम नगरपालिका-४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका ६४ मध्ये दुई जनाको मृत्यु भएको हो । उपचारका लागि अस्पताल पुर्‍याइएका एक बालक र एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुको सनाखत भने भएको छैन । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ बालबालिका छन् ।

फिदिम–४ शिवादोभानबाट झापाका लागि छुटेको को१ख ३८६५ नम्बरको बस बिहान करिब ११स्३० बजे सडकबाट झरेर दुर्घटना भएको थियो ।

  • ८ कार्तिक २०७८, सोमबार १५:२९ प्रकाशित