सर्वोच्चमा न्यायाधीशका गुट बैठक, सेवाग्रही मर्कामा

केन्द्रभाग मिडिया

काठमाडौँ ।
सर्वोच्च अदालतका न्यायाधीशहरुले आज इजलास बहिष्कार गरेका छन् । सर्वोच्चमा कुनै मुद्धाको पनि आज इजलास बसेन । केही विदामा छन् भएका १४ न्यायाधीशले इजलास बहिष्कार गरेपछि पेशी तोकिएका मुद्दाहरुको सुनुवाइ प्रभावित हुन पुग्यो ।

प्रधानन्यायाधीशले बोलाएको फुल कोर्ट बहिष्कार गरेका न्यायाधीशहरुले इजलाससमेत बहिष्कार गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले सोमबार सर्वोच्चका न्यायाधीशहरुका लागि २१६ मुद्दाको सुनुवाइ गर्न पेशी तोकेका थिए। सत्तासंग साठगाठ गरेर भाग खोजेको आरोप खेपिरहेका विवादास्पद प्रधानन्यायाधीश राणाले पेशी तोकेका न्यायाधीश इजलासमा बसेनन् ।

बरु राणालाई राजीनामा दिन सुझाव दिए । काममा खटिनुपर्ने बेला उनीहरु सामूहिक छलफलमा जुटेर राणालाई राजीनामा दिन सुझाव दिए ।

न्यायाधीशहरु नआए पछि सर्वोच्च पुगेका सेवाग्राहीहरु फर्केका थिए । अदालत भित्र न्यायाधीशको लडाई चलिरहदा न्यायाए दिने अदालत भने निरेह बनेको छ । जनतालाई सेवा दिनपर्छ भन्ने भुलेर न्यायाधीशहरु कोठे बैठकमा आपसी लडाईको योजना बुन्दै थिए ।

 

 

  • ८ कार्तिक २०७८, सोमबार १४:५८ प्रकाशित