कांग्रेस बरिष्ठ नेता पौडेलले भने: टिमको साझा सभापति उम्मेदवार मै हुँ

केन्द्रभाग मिडिया

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु सभापति पादको उम्मेदवार रहेको बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले सोमबार आयोजना गरेको पत्रकार भेटघाटमा वरिष्ठ नेता पौडेलले यसअघि पनि सभापति उम्मेदवार रहिसकेकाले आफू स्वाभाविक साझा उम्मेदवार रहेको बताएका हुन्।
‘हाम्रो टीमबाट एकजना सभापतिको उम्मेदवार हुन्छ। यसअघि पनि म उम्मेदवार रहिसकेकाले म स्वभाविक उम्मेदवार हुँ’, पौडेलले भने, ‘अरु साथीहरुले पनि इच्छा देखाउनुभएको छ। अन्तिममा एकजना उम्मेदवार बनाएर अघि बढ्छौं।’

उनले सम्पूर्ण कार्यकर्ताको साझा तथा एउटै सभापतिको उम्मेदवार बनाउने पक्षमा आफू रहेको जानकारी दिए।

नेता पौडेलले गठबन्धनको नेतृत्व गर्दै सरकारमा सहभागी भए पनि आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने स्पष्ट पारे। कम्युनिष्टसँंग मिलेर चुनावमा जाने पक्षमा कांग्रेस नरहेको स्पष्ट पारेका हुन्।

कार्यकर्ता भेटघाटसमेत गर्दै हिँडेका उनले अहिले कांग्रेसको वैधानिकतामाथि नै प्रश्न उठ्न थालेकाले फास्ट ट्रयाकबाट जसरी पनि निर्धारित समयमै महाधिवेशन गराउनुपर्ने पक्षमा आफू रहेको औंल्याए।

उनले सभापति देउवालाई मंसिरभित्रै महाधिवेशन गर्न सुझाव दिने बताए।

  • ८ कार्तिक २०७८, सोमबार १४:२७ प्रकाशित