सुत्केरी ब्यथा लागेको पाँच दिन पछि गर्भवतीको उद्धार

केन्द्रभाग मिडिया

पाँच दिनदेखि सुत्केरी ब्यथा लागेर उच्च रक्तश्राप भइ जिल्ला अस्पातल मुगु भर्ना भएकी महिलाको उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ।

छायाँनाथ रारा नगरपालिका–१० झाकोट निबासी २१ वर्षीया मोनिसा बुढालाई पाँच दिन अगाडिबाट सुत्केरी ब्यथा लागेर अत्याधिक रक्तश्राप भएको थियो । उनलाई जिल्ला अस्पतालमा उपचार गर्न भर्ना गरिएको थियो। बुढाको जिल्ला अस्पातलमा उपचार गर्न सम्भव नभएपछि राष्ट्रपति उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पातल सुर्खेतमा लगिएको हो।

२१ वर्षीया बुढाको यो पहिलो सन्तान हो। बच्चा उमेर नपुगको र उनको शरीरमा कलान्सिटा फिबिया भइ उच्च रक्तश्राप हुँदा हेमोग्लोबिन घटेको थियो ।

चार पोका रगत चढाउँदा समेत हेमोग्लोबिन नबढेकाले शल्यक्रिया गरेर आमाको ज्यान बचाउन सकिने भए पनि बच्चाको ज्यान बचाउन नसकिने अवस्था आएकोले जिल्ल प्रशासन कार्यालयको समन्वयमा हेलिकप्टर मार्फत थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेतमा रिफर गरिएको बुढाको उपचारमा संलग्न डाक्टर मिना काफलेले जानकारी दिइन्।

उनको ज्यान बचाउन सकिने भए पनि जिल्ला अस्पातलमा आइसियुको ब्यवस्था नहुँदा आमा र बच्चाको ज्यान बचाउन सुबिधा सम्पन्न अस्पतालमा लैजानु पर्ने भएको जिल्ला अस्पातलका डाक्टर मिना काफलेले उनीहरुलाई बताइन् । त्यसपछि बिहान १० बजे गृह मन्त्रालयमा जानकारी गराइ तत्कालै सुर्खेतबाट हेलिकप्टर झिकाइ थप उपचारका लागि सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए।

  • ८ कार्तिक २०७८, सोमबार १३:४३ प्रकाशित