बमौसमी वर्षाः धानमा ८ अर्ब २६ करोड ८० लाख बराबरको क्षति

केन्द्रभाग मिडिया

काठमाडौं ।

बमौसमी वर्षाको कारण धानमा अधिक क्षति पुगेको छ ।कात्तिक पहिलो साता भएको अविरल वर्षाले धानमा ८ अर्ब बढीको क्षति पुर्याएको छ ।

सातवटै प्रदेशमा २ लाख ८५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानबालीमा ८ अर्ब २६ करोड ८० लाख क्षति भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। उक्त प्रदेशमा ९३ हजार पाँच सय ७६ हेक्टरको धानबाली क्षति भएको छ।

तराई तथा पहाडी भेगका अधिकांश धानबाली नष्ट भएको छ। विशेषगरी बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही बढी प्रभावित छन्। सुदुरपश्चिम प्रदेशमा ५५ हजार हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुगेको छ। विशेषगरि कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ।

त्यस्तै, प्रदेश १ मा ४९ हजार ९ सय ४५, प्रदेश २ मा ४८ हजार ६ सय ८४, कर्णालीमा २२ हजार ५ सय, गण्डकीमा ८हजार ३ सय ४ र सबैभन्दा कम बाग्मतीमा ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा लगाएको धानमा असर पुर्याएको छ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।

  • ८ कार्तिक २०७८, सोमबार १३:२० प्रकाशित