सर्वोच्चका १४ न्यायाधीशले गरे इजलास बहिष्कार

केन्द्रभाग मिडिया

काठमाडौं ।

सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिष्कार गरेका छन्।  १४ जना न्यायाधीशले इजलास बहिष्कार गरेका हुन् । सोमबार सर्वोच्चले इजलास तोकेको भएपनि न्यायधीशहरु काममा गएका छैनन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बोलाएको पूर्णबैठक ९फूलकोर्ट० बहिष्कार गर्ने घोषणा गरेका थिए । उनीहरु राणाविरुद्धको रणनीति बनाउन छलफलमा जेटेका छन् । १४ न्यायाधीश भने प्रधानन्यायाधीशलाई असहयोग गर्ने गरि छलफलमा जेटेका हुन् ।

प्रधानन्यायाधीश जबराले सोमबार १ः३० बजे फूलकोर्ट बोलाएका थिए। पूर्ण बैठक बस्ने–नबस्ने अन्योल छ। यता नेपाल बार एसोसिएसन पनि छुट्टै बैठकमा छ  आइतबार प्रधानन्यायाधीश जबरा नेपाल बार एसोसिएसनका पदाधिकारीसँग भेटघाट गरेका थिए।

 

जबराले करिब तीन घण्टाको छलफलमा ‘न्यायालय सुधार’का नाममा हरिकृष्ण कार्की संयोजकत्वको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए। सर्वोच्चको सोमबार बस्ने पूर्ण बैठक ९फूलकोर्ट० मा उनले बारका पदाधिकारीलाई समेत आमन्त्रण गरेका थिए। सर्वोच्चमा २० न्यायाधीश छन् ।

  • ८ कार्तिक २०७८, सोमबार १३:१५ प्रकाशित