११ अफगानी पक्राउ, उनीहरु भागेर आएको आशंका

केन्द्रभाग मिडिया

काठमाडौं ।

अवैध रुपमा नेपाल बसीरहेका ११ अफगानी पक्राउ परेका छन् । उनी काठमाडौंको सिनामंगलको एक होटलबाट पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा ३ जना महिला र ८ जना पुरूष रहेका छन् । उनीहरु कहिलेदेखि काठमाडौं बसीरहेको भन्ने यकिन मिती थाहा भएको छैन । उनीहरुले आफूहरु चार पाँच दिन अघि मात्रै नेपाल आएको बताएको प्रहरीले जनाएको छ ।

अफगानिस्तान तालिबानको कब्जामा आएसँगै उनीहरूभागेर नेपाल आएको हुन सक्ने आशंका गरिएको छ। तालिबानको सत्ता आएसँगै अफगानी लुकीछिपी देश छाडेर भागीरहेका छन् ।

नीहरू भारत हुँदै सुनौली नाकाबाट आएको बताइएको छ ।

 

  • ८ कार्तिक २०७८, सोमबार १२:२३ प्रकाशित