निराश बने जबरा : राजीनामाको विकल्पबारे तीव्र छलफल

केन्द्रभाग मिडिया

पोखरा ।

आज बोलाइएको फुलकोर्ट बहिष्कार गर्ने न्यायाधीशहरुको निर्णय पछि प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा निराश बनेका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशहरूले साथ नदिने भएपछि प्रधानन्यायाधीश जबरा यतिबेला आफ्ना निकटस्थहरूसँग छलफलमा जुटेको बताइएको छ ।

प्रधानन्यायाधीशको गतिविधीले न्यायालयको स्वच्छतामाथि गम्भिर प्रश्न खडा भएको भन्दै न्यायाधीशहरुले जबराले मार्ग प्रशस्त गर्न माग गरिरहेका छन् । जबराको राजीनामा बाहेक अन्य कुनै विकल्प नरहेको भन्दै न्यायाधीशहरु विरोधमा उत्रेका छन् ।

उनीहरुले आजको इजलास बहिष्कार गर्ने बताई सकेका छन् । जबरा भने राजीनामाको विकल्पबारे तीव्र छलफलमा जुटेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार जबराले छलफल गरेका निकटस्थले पनि उनलाई स्थिति धेरै बिग्रिसकेकाले राजीनामा दिएर अघि बढ्न सुझाएका छन् ।

  • ८ कार्तिक २०७८, सोमबार १०:१६ प्रकाशित