स्थानीय तहको कानुन प्रदेशसँग नबाझिने गरि बनाउन मन्त्री थापाको आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशका कानुन, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले स्थानीय तहको कानुन बनाउदाँ प्रदेशसँग नबाझिने गरि बनाउन आग्रह गरेका छन् ।

मन्त्रालयले म्याग्दीमा आयोजना गरेको स्थानीय तहको कानुन निर्माण तथा कार्यान्वयन सम्बन्धी अन्तरक्रियामा मन्त्री थापाले यस्तो आग्रह गरेका हुन् । थापाले स्थानीय तहको कानुन बलियो बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सहज हुनेगरि कानुन बनाउन अपिल गरे।

उनले भने,‘स्थानीय तहलाई काम गर्न सहज हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । स्थानीय तहको कानुन बनाउँदा प्रदेशसँग नबाझिने गरी बनाउन मेरो आग्रह छ ।’थापाले स्थानीय तहमा देखिएको समयालाई पुनरावलोकन समितीमा प्रक्रियागत ढंगले सम्बोधन गरिने बताए ।

उनले जनताले अपनत्व गर्ने कानुन निर्माण गरी सहज र सरल रुपमा सेवा प्रवाह गर्न म्याग्दीको स्थानीय तहलाई निर्देशन दिए । ‘यो सरकार जनताको सरकार हो, त्यसैले जनताले संघीयताको अपनत्व गर्ने गरी नीति निर्माण बनाउन तर्फ प्रदेश सरकार प्रतिबद्ध छ ’ उनले भने

 

 

  • ७ कार्तिक २०७८, आईतवार १६:४१ प्रकाशित