काठमाडौं ।
निकै विवादमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले जेठा गजेन्द्र हमाललाई मन्त्री बनाउनमा आफ्नो कुनै संलग्नता नभएको स्पष्टि दिएका छन् ।
नेपाल बारको कार्यसमितिसामु स्पष्टीकरण दिदै राणाले जेठान हमालसँगको नाता भए पनि आउजाउ नभएको भन्दै उनलाई मन्त्री बनाउनुमा आफ्नो कुनै भुमिका नभएको बताएका हुन् ।
पेसी व्यवस्थापनमा गोलाप्रथा र समसामयिक विषयमा प्रधानन्यायाधीशसँग छलफल गर्न पुगेको नेपाल बारको कार्यसमितिसँग राणाले मुद्दाको पेसी तोक्नमा गोलाप्रथा लागू गर्न आफू तयार भएको पनि बताएका छन्।
ुआफु भोलिदेखि नै गोलाप्रथा गर्न तयार रहेको उनले जनाएका हुन् । यसमा आफुलाई कुनै समस्या नभएको उनले बताएका हुन् ।