कार्तिक १ यता राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब बढीको क्षति

केन्द्रभाग मिडिया

काठमाडौं ।

कार्तिक १ गते देखि यता बाढी पहिरोले राष्ट्रिय राजमार्गमा मात्रै १ अर्ब बढीको क्षति पुगेको छ । बेमौसमी वर्षाका कारण आएको बाढी पहिरोले देशभरका राजमार्गमा मात्रै १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति पुगेको हो ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले संसदको विकास तथा प्रविधि समितिमा आइतबार प्रस्तुत प्रारम्भिक क्षतिको विवरण अनुसार कात्तिक १ गतेयता बाढी पहिरोको कारण १८ वटा राजमार्गका २४४ ठाउँमा बन्द भएको छ ।

थापाको अनुसार तीमध्ये अझै केही खुल्न बाँकी रहेको छ । मनाङ, बाजुरा, बझाङलगायतका राजमार्ग अझै अवरुद्ध छ । अबको दुई–तीन दिनमा मनाङ खुल्ने अवस्थामा छ ।

  • ७ कार्तिक २०७८, आईतवार १४:२७ प्रकाशित