विराटनगर ।
प्रदेश १ मा मुख्यमन्त्रीमा आलोपालो भए फ्लोर क्रस नगर्ने नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले बताएका छन् ।
आफ्नो पार्टी केन्द्रीय गठबन्धनप्रति प्रतिवद्ध रहेको प्रस्ट पार्दै आलोपालो भए प्रदेशसभामा फ्लोर क्रस नहुने बताएका हुन। मुख्यमन्त्री भीमप्रसाद आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मत विभाजन हुँदा काँग्रेसले एकजुट भएर प्रस्तावको विपक्षमा मतदान गर्ने उनले बताए ।
यद्यपि उनले प्रदेश सरकारको नेतृत्व आलोपालो गर्नका लागि आफूहरुको माग रहेको पनि प्रस्ट पारे ।‘हामी गठबन्धनप्रति प्रतिवद्ध छौं, एमाले नेतृत्वको सरकारलाई जोगाउन हामी कुनै पनि प्रकारको भूमिका निर्वाह गर्ने छैनौँ ।’ उनले भने
तर, प्रदेश सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादी र नेपाली काँग्रेसले आलोपालो गर्नुपर्ने आफूहरुको माग रहेको उनले बताए ।
‘