टाउकोको मूल्य ५८ लाख डलर तोकिएका मस्ट वान्टेड लागू औषध तस्कर पक्राउ

केन्द्रभाग मिडिया

एजेन्सी ।

कोलम्बियाका एक कुख्यात लागूऔषध कारोबारी पक्राउ परेका छन् । ओन्टोनिल भनेर चिनिने डाइरो एन्टोनिओ उसुगा हिजो (शनिबार) पक्राउ परेका हुन् । उनी देशकै कुख्यात लागुऔषध तस्कर र अपराधिक संगठनका प्रमुख रहेको बताइएको छ ।

५० वर्षीय उसुगा कोलम्बियाको उरागा क्षेत्रको ग्रामीण बस्तीबाट पक्राउ परेका हुन् । कोलम्बिया सरकारले मोस्ट वान्टेडको सूचीमा राखेका उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई ८ लाख इनाम दिने घोषणा गरेको थियो। भने अमेरिकाले पनि उनी कहाँ बसिरहेका छन् भन्ने जानकारी दिनेलाई ५० लाख डलर पुरस्कार दिने बताएको थियो।

उनीमाथि थुप्रै परिणाममा कोकिन अमेरिका पठाएको, प्रहरी अधिकारीको हत्या गरेको, आफ्नो समूहमा बच्चाहरूलाई भर्ती गरेको, ती बच्चाहरूमाथि यौन अपराध गरेकोलगायत आरोप छन्।

उसुगा पक्राउ पर्नु आफ्नो देशमा लागुऔषध कारोबारीमाथि यो शताब्दीकै ठूलो प्रहार भएको कोलम्बियाली सरकारले बताएको छ ।
उनलाई पक्राउ गर्ने क्रममा चलाइएको अप्रेशन ओसिरिसमा एक जना सुरक्षाकर्मीको मृत्यु भएको छ। उक्त अप्रेशनमा कोलम्बियाको स्पेसल फोर्सका ५ सय सदस्य र २२ वटा हेलिकप्टर परिचालन गरिएको थियो।

उसुगा ड्रग ट्राफिकिङ समूह क्लान डेल गल्फोको नाइके भएको बताइएको छ। उक्त समूहसँग झन्डै १२ सय जना हतियारधारी सदस्य छन्।

  • ७ कार्तिक २०७८, आईतवार १३:०८ प्रकाशित