सरकारी कागजात किर्ते गरेर फरार सांसद मुख्यमन्त्रीलाई भोट हाल्न आउने, प्रहरी अलर्ट

केन्द्रभाग मिडिया

विराटनगर।
सरकारी कागजात किर्ते गरेको अभियोगमा अदालतबाट दोषी ठहर भएपछि फरार रहेकी सांसद समेत मुख्यमन्त्रीको निर्वाचनमा मत हाल्न आउने चर्चासंग प्रदेश १ मा प्रहरी अलर्ट बनेको छ ।

प्रहरी नजरमा ‘फरार’ नेकपा एमालेकी सासद गुलेफुन खातुन मियाँ प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यलाई विश्वासको मत दिन आउने चर्चा चलेसंगै प्रहरी अलर्ट बनेको हो।

आज प्रदेश १का मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन्। ‘उहाँ लामो समयदेखि प्रदेश सभाको बैठकमा आउनु भएको छैन,’ उहाँबारे हामी अलर्ट छौँ। मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले भने ।

सरकारी छाप र हस्ताक्षर किर्ते गरेको मुद्दामा उच्च अदालत विराटनगरले सांसद खातुनलाई एक वर्ष कैद र १४ हजार ५८३ जरिमाना सजायको फैसला सुनाएपछि फरार रहेकी उनी प्रहरीको खोजी सूचीमा छन् । उनी मोरङबाट समानुपातिक सासद हुन्।

  • ७ कार्तिक २०७८, आईतवार १०:५२ प्रकाशित