एम्बुलेन्स र मोटरसाइकल ठोक्कियोः दुईको ज्यान गयो

केन्द्रभाग मिडिया

बुटवल ।

बुटवलमा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुईको ज्यान गएको छ ।

मध्यरातमा भएको दुर्घटनामा बुटवलको तिलोत्तमा नगरपालिका ३ का २४ वर्षीय अनमोल थापा र मोटरसाइकलको पछाडी सवार सैनामैना ४ का ३५ वर्षीय निशान क्षेत्रीको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते थापा र क्षेत्रीको उपचारको क्रममा गए राति सवा १ बजेतिर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।प्रहरीको अनुसार एम्बुलेन्स चालक भने घाईते भएका छन् ।घाईते चालक गैंहहवा गाउँपालिका ६ का ३६ वर्षीय सुरेन्द्र मुराउको उपचार भईरहेको छ ।

बुटवलतर्फ आइरहेको लु १ झ २८७ नम्बरको एम्बुलेन्स र बुटवलबाट पश्चिमतर्फ गइरहेको लु २४ प ३९८७ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका वडा नम्बर १२ तामनगरमा एकआपसमा ठोक्किएको थियो ।

  • ७ कार्तिक २०७८, आईतवार ०८:४८ प्रकाशित