पोखरा ।
हाल नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती र गण्डकी प्रदेशका एक दुई स्थानहरुमा हल्का र फाटफुट वर्षा भईरहेको छ ।
दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । सबै प्रदेशका थोरै/थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक देखि सामान्य बदली रहने छ ।
बागमती र प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक दुई स्थानहरुमा मेघगर्जन रचट्याङ्सहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।