कास्कीका ७२ मध्ये ६२ वडामा एमालेको सर्वसम्मत नेतृत्व (कुन वडा कस्को नेतृत्वमा ?)

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले कास्कीमा अधिकांस स्थानमा वडा कमिटीको नेतृत्व सर्वसम्मत चयन गरेको छ ।

पोखरा महानगरपालिकाका ८ र माछापुच्छ«े गाउँपालिका २ वटा वडा बाहेक सबै वडामा अधिवेशन सर्वसम्मत चयन भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए । बाँकी रहेका वडामा पनि सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको उनले बताए ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिका वडा नम्बर १मा रामविक्रम राणा, २मा दिपक शाह, ३मा सुरेन्द्र परियार, ४ माशंकरबहादुर कोइराला, ५ मा विष्णुप्रसाद बराल, ६ मा बलराम पहाडी, ७ मा किसोर बराल, १०मा सूर्य वानिया, ११ मा मिनबहादुर गुरुङ, १२ मा बलराम ढुंगाना, १३मा निलकण्ठ सिग्देल, १४ मा बटुकृष्ण कुँवर, १५ मा भोजबहादुर गुरुङ, १७ मा ऋषव तिमिला, १८ मा पुष्कल थापा, १९ मा विष्णुप्रसाद गौतम, २२ मा राजेन्द्रप्रसाद बराल, २४ मा शिवप्रसाद सुवेदी, २५ मा ऋषिराम पौेल, २७ मा सूर्यमणी लामिछाने, २८ मा रामकृष्ण तिवारी, २९ मा प्रमोद भण्डारी, ३०मा कृष्णप्रसाद अधिकारी, ३१ म चिरञ्जीवी बन्जारा, ३२ मा चिरञ्जीवी तिवारी अध्यक्षमा निर्वाचित भएका छन् ।
एमाले कास्कीका सचिव दामोदर बैरागीका अनुसार वडा ८ र ९, १६, २०, २१, २३, २६ र ३३ नम्बर वडा कमिटीमा सर्वसम्मतको लागि प्रयास जारी रहेको छ ।

मछापूच्छ«े गाउँपालिका

माछापूच्छ«े गाउँपालिकाको वडा नम्बर १ मा अनुप गुरुङ, २ मा हुकुम सिंह गुरुङ, ५ मा हुमबहादर लामिछाने, ६ मा रुद्ध बहादुर क्षेत्री, ७ मा कुलप्रसाद भण्डारी, ८, कृष्णप्रसाद दवाडी र ९ टेकबहादुर श्रेष्ठको नेतृत्वमा वडा कमिटी चयन भएका सचिव बैरागीले जानकारी दिए ।

रुपा गाउँपालिका

रुपा गाउँपालिकाको वडा नम्बर १मा कृष्ण श्रेष्ठ, २ मा कृष्ण ओझा, ३ मा दिपेन्द्र गौतम, ४ मा रमेशराज रेग्मी, ५ मा तिलक अधिकारी, ६ मा ज्ञानेन्द्र सुवेदी र ७ कृष्णबहादुर विकको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन भएका छन् ।

मादी गाउँपालिका

मादी गाउँपालिकाको वडा नम्बर १ मा भिमराज गुरुङ, २ मा कुमार गुरुङ, ३ मा ज्यामप्रसाद गुरुङ, ४ मा रविमोहन सापकोटा, ५ मा बाबुराम सापकोटा, ६ मा दिलबहादुर क्षेत्री, ८ मा लालबहादुर गुरुङ, ९ मा श्री प्रसाद(गोपाल) गुरुङ, १० विजय गुरुङ, ११ मा नन्दजंग गुरुङ र १२ नम्बर वडामा प्रकास बरालको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन भएको छ ।

अन्नपूर्ण गाउँपालिका

अन्नपूर्ण गाउँपालिकामा पनि सबै वडाको अधिवेशन सर्वसम्मत रुपमा सम्पन्न भएको एमाले कास्कीका सचिव दामोदर बैरागीले जानकारी दिए ।

उनका अनुसार अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ मा छविलाल दाहाल, २ मा नारायण भण्डारी ३ महेश्वर पौडेल, ४ कृष्ण केसी, वडा नम्बर ५ मा लालबहादुर केसी, ६ मा एकदेव देवकोटा, ७ मा दूर्गाबहादर क्षेत्री, ८ मा टंक सुवेदी, ९ मा पूर्ण राई, १० मा राजबहादुर गुरुङ र ११ मागुञ्जमान गुरुङ नेतृत्वमा कमिटी चयन भएको छ ।

  • ७ कार्तिक २०७८, आईतवार ०७:३७ प्रकाशित