पोखरा ।
गण्डकी प्रदेशमा दुई हजार पाँच सय ९१ हेक्टरमा लगाइएको धानवाली पूर्णरुपमा क्षति भएको छ । प्रदेश कृषि विकास निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा चार हजार ७१५ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ ।
प्रदेश कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक बासुदेव रेग्मीका अनुसार कास्कीमा एक हजार ७३५ हेक्टरमा लगाइएको धानबाली पूर्णरुपमा क्षेती भएको छ । तीन हजार ४५१ हेक्टरमा लगाइएको धानबाली आंसिक रुपमा क्षेती भएको छ । कास्कीमा मात्र २६ हजार ८१ हेक्टर जमिनमा धानबाली लगाइएको थियो ।
स्याङ्जामा १८ हजार हेक्टरमा धान खेती गरिएकोमा ९० हेक्टरमा लगाइएको धानमा आंसिक क्षति पुगेको तथ्यांकमा उल्लेख छ । त्यसैगरी पर्वतमा आठ हजार ९१० हेक्टरमा धान खेती गरिएकोमा ४९० हेक्टरमा लगाइएको धानबाली नष्ट भएको छ । उक्त जिल्लामा एक हाजर ४७० हेक्टरमा लगाइएको धानबालीमा आंसिक रुपमा क्षति भएको छ ।
गोरखामा ११ हजार ७७८ हेक्टरमा लगाइएको धानबाली मध्ये सात हेक्टरमा लगाइएको धानबाली पूर्ण रुपमा क्षेती छ । उक्त जिल्लामा ११२ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षति भएको छ ।
लमजुङमा १४ हजार ७९३ हेक्टरमा धानबाली लगाइएकामा ७२.२१ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षेती भएको छ ।
गण्डकीको अन्न भण्डारको रुपमा चिनिने नवलपुरमा २० हजार ६७० हेक्टरमा धानबाली लगाइएकोमा १० हेक्टरमा लगाइएको धानबालीमा पूर्ण क्षेती र ३० हेक्टरमा लगाइएको धानबाली आंसिक रुपमा क्षति भएको छ ।
तनहुँमा १० हजार ८९८ हेक्टरमा धान खेती गरिएकामा ३७८.७४ हेक्टरमा लगाइएको धानबालीमा पूर्ण नोक्सानी भएको छ । दुई हाजार २८८ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षति पुगेको छ ।
म्याग्दीमा तीन हजार ८९० हेक्टरमा धानबाली लगाइएको छ । त्यस मध्ये २०४ हेक्टरमा आंसिक क्षति भएको छ । बागलुङमा पाँच हजार ८०० हेक्टरमा धानबाली लगाइएकोमा १०३ हेक्टरमा लगाइएको धानबालीमा आंसिक क्षति भएको छ ।