चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि, १२ टिमबीच प्रतिष्पर्धा

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरामा चौँथो अभियान भलिबल प्रतियोगिता कार्तिक ११ देखि सुरु हुने भएको छ ।

अभियान युवा क्लवको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १३ गते सम्म सञ्चालन हुने क्लबले जनाएको छ । पोखरा ५ मालेपाटनस्थित बाराही स्कुलको खेल मैदानमा हुने प्रतियोगितामा १२ टिमबीच प्रतिष्पर्धा हुने भएको छ ।

जसमा सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र भिडियो टिम पोखरा रहेका छन् ।

युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न प्रतियोगिताको आयोजना गरिएको संयोजक तथा क्लब अध्यक्ष राजु गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले नगद ५५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै द्धित्तिय हुने टिमलाई नगद २५ हजार ५ सय ५५ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

उक्त प्रतियोगितामा राष्ट्रिय तथा प्रदेश स्तरिय खेल खेलेका खेलाडी सहभागि हुन नपाउने आयोजकले जनाएको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार १३:१३ प्रकाशित