गण्डकीमा बस भाडा तोक्न १० सदस्यीय सिफारिस समिति

केन्द्रभाग मिडिया

पोखरा ।

संघ सरकारले भाडामा वृद्धि गरेसँगै गण्डकीमा पनि बस भाडा तय गर्न सिफरिस समिती गठन भएको छ ।

पछिल्लो मन्त्रिपरिषद बैठकमा गण्डकी प्रदेश सरकारले सार्वजनिक यातायातको भाडादर तोक्न १० सदस्यीय सिफारिस समिति गठन गरेको हो। सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री कुमार खड्काले आफ्नै मन्त्रालयका सचिव रामकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन भएको जानकारी दिएका छन् ।

प्रदेशलाई यातायातसम्बन्धी अधिकारसमेत रहेको हुँदा गण्डकी सरकारले भाडादर तोक्न लागेको हो । संघ सरकारले मात्रै सार्वजनिक यातायातको भाडादर तोक्दै आएकोमा गण्डकीले आफै भाडादर तय गर्ने भएको हो । संघ सरकारले भने यसअघि नै यातायातको भाडामा २८ प्रतिशतले वृद्धि गरिसकेको छ ।

  • ५ कार्तिक २०७८, शुक्रबार १२:५१ प्रकाशित