बाढीको चपेटामा परेका ठाउँमा एमालेको अधिवेशन सर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेको देशैभरिका वडाहरूमा भोलि शनिबारदेखि पार्टीको अधिवेशन सुरु हुदैँछ । तर, यही हप्ता आएको बाढी–पहिरोबाट प्रभावित जिल्लाका वडाहरूको अधिवेशन भने पछि सर्ने भएको छ।

बिहीबारको स्थायी कमिटी बैठकमा दसौँ महाधिवेशनका विषयमा छलफल केन्द्रित भएको र सो क्रममा अढी पहिरोको चपेटामा परेका वडाहरूको अधिवेशनहरू पछि सार्ने बारे छलफल भएको बताइएको छ ।

नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने भएको छ । यसअघि बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा सार्ने निर्णय बिहीबारको बैठकले गरेको हो ।

स्थायी कमिटीको बैठक आज पनि बस्दैछ ।

  • ५ कार्तिक २०७८, शुक्रबार १०:११ प्रकाशित