काठमाडौं फर्किने बित्तिकै राहत प्योकजको घोषणा गर्ने देउवाको आश्वासन

केन्द्रभाग मिडिया

धनगढी ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितलाई राहत प्याकेज ल्याउने आश्वासन दिएका छन् ।

बाढी पहिरो अवलोकन तथा निरीक्षणका लागि सुदरपश्चिम पुगेका देउवाले आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो आश्वासन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले काठमाडौं फर्किएपछि राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।बाढी पहिरो प्रभावित सुदूरपश्चिम क्षेत्रको भ्रमणका लागि प्रधानमन्त्री देउवा बिहीबार त्यसतर्फ गएका थिए । उनी आज काठमाडौं फर्किंदैछन् ।

  • ५ कार्तिक २०७८, शुक्रबार ०९:४० प्रकाशित