काठमाडौं ।
सोसल मिडिया कम्पनी फेसबुकले नाम परिवर्तन गर्ने भएको छ ।
फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी रिब्रान्डिङ गर्ने लागेको हो ।पछिल्लो समय मानसिक स्वास्थ्यमा समस्या पारेको , डाटाहरु चोरी भएको जस्ता आरोपहरु लागेको फेसबुकले आफ्नो गोप्य तथ्य खुलासा भएसँगै कम्पनीको नाम बदल्न लागेको हो ।
यसबारेमा अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक कनेक्ट कन्फ्रेन्समा सिइओ मार्क जुकरबर्गले चर्चा गर्ने र छिटै नै फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गर्ने घोषणा गर्ने बताइएको छ ।
पछिल्लो समय आफ्नै पूर्वकर्मचारीले सुलसुलेको रुपमा अमेरिकी संसदमा फेसबुकका गोप्य तथ्यहरुको खुलासा गरिदिएसँगै फेसबुक दबाबमा परेको छ ।