जनकपुरधाम ।
जनमत पार्टीका कार्यकता जनकपुरमा उग्ररुपमा प्रस्तुुत भएका छन् । ढलको खाल्डो नपुरेको भन्दै सिके राउतका कार्यकर्ताले खानेपानी तथा ढल निकास कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि दुर्व्यवहार गरेका हुन् ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित बलवा क्षेत्रमा खनिएको ढलको खाल्डो नपुरेको भन्दै गोबर दलेर नगर परिक्रमा गराएका हुन् । लाठि बोकेका युवाले उनलाई जनकपुर बजार परिक्रमा गराएको थियो ।
लाठी भाटासहित सयौंको संख्यामा पिडारीचोकस्थित कार्यालय पुगेका जनमत पार्टीका नेता कार्यकर्ताले त्यहीँबाट कुशवाहाको कठालो समात्दै लछारपछार गरेर बन्धक बनाएको बताइएको छ ।
कुटपिटमा संलग्न १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।