काठमाडौं ।
गृह मन्त्रालयले प्रहरीको रासन भक्ता बढाउने भएको छ । मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत बढाउन प्रस्ताव गरेको छ । बजेटमा गरिएको व्यवस्था अनुसार रासन भत्ता बढाउन लागिएको हो ।
आर्थिक वर्ष २०७८र०७९ को बजेट वक्तव्यको बुँदा नम्बर ३९२ नम्बरमा उल्लेखित १५ प्रतिशत वृद्धि भएको रासन रकम उपलब्ध गराउने तयारी गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धि सम्बन्धी फाइल स्वीकृत गरि मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागेका हुन् ।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि गत साउन एक गतेदेखि नै नेपाल प्रहरी र सशस्त्र प्रहरीले वृद्धि भएको रासन भत्ता पाउनेछन् । सरकारले जिल्लाको दर रेट र भौगोलिक क्षेत्रका आधारमा भत्ताको रकम तय गरेको छ ।