हिउँले बाटो छिचोल्न नसक्दा १२ पर्यटक बीच बाटोमै फसे, उद्धारका लागि हेलिकप्टर मगाइयो

केन्द्रभाग मिडिया

हुम्ला ।

हिउँले बाटो छिचोल्न नसक्दा पदयात्रामा गएका १२ जना बीच बाटोमै फसेका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा र लिमीका पदयात्रामा गएका १२ बाह्य र आन्तरिक पर्यटक बाक्लो हिमपातले लिमी क्षेत्रको तुम्लिङमा फसेका हुन् । स्लोभेनियाका चार नागरिक, तीन पथप्रदर्शक र पाँच स्थानीय आइतबारबाट परेको बाक्लो हिमपातले बीचमै अड्केको जनाइएको छ ।

उनीहरु पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा आइतबार रातिबाट परेको बाक्लो हिमपातले बाटो छिचोल्न नसकेपछि उनीहरु तुम्लिङमा रोकिन बाध्य भएको प्रहरीले जनाएको छ ।

हिमपातको कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा बाटो छिचोल्न नसकेर विदेशीसहित १२ जना रोकिएका हुन्।

उद्धारका लागि हेलिकोप्टरको व्यवस्थाका गरिदिन गृहमन्त्रालयमा लेखी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार १३:१८ प्रकाशित