पोखरा ।
पहिरो हटाएसंगै साढे सात घण्टा देखि अबरुद्ध सिद्धार्थ राजमार्ग खुलेको छ । भालुपहाडमा विहान तीन बजे ठूलो पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको थियो ।
पहिरो हटाएपछि सवारी साधन आवगामन सुचारु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले केन्द्र खबरलाई जानकारी दिए ।
उनले पहिरो हटेपनि माथिबाट पुन : पहिरो जान सक्ने भन्दै राजमार्गमा सचेत भएर सवारी साधन गुडाउन आग्रह गरेका छन् ।
‘विहान चार बजे देखि लगातार तीन वटा डोजरको प्रयोग गरेर पहिरो हटायौं । अहिले राजमार्ग सुचारु छ । अहिलेलाई राजमार्ग खुलेपनि जोखिम भने रहेकाले सचेत भएर सवारी साधन चलाउनुपर्ने आवस्था छ’ उनले भने ।