बालुवा बोकेको ट्रक दुर्घटना: चालकको मृत्यु, दुई घाइते

केन्द्रभाग मिडिया

गोरखा ।

गोरखामा ट्रक दुर्घटना हुदाँ चालकको ज्यान गएको छ ।

गोरखाको आरुघाट गाउँपालिका १ माझगाउँमा बुधवार राति साढे ११ बजे मिनी ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु भएको हो । ट्रकमा सवार अन्य दुईजना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा धादिङको गंगाजमुना गाउँपालिकाका मनोज श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ । घाइते आरुघाट गाउँपालिकाका राजकुमार गुरुङ र दिव्या गुरुङको आरुचनौटे स्वास्थ्य चौकीमा उपचार भैइरहेको छ ।

आरुघाटबाट धुन्चेततर्फ बालुवा लिएर जाँदै गरेको बा ५ ख १२३१ नम्बरको ट्रक अनियन्त्रित भइ सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले बताएको छ।

  • ४ कार्तिक २०७८, बिहीबार ०९:०५ प्रकाशित