एमाले स्थायी समितिको बैठक आज बस्दै, यि विषयमा हुँदैछ छलफल

केन्द्रभाग मिडिया

पोखरा ।
नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बस्दै छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा दिउँसो ३ बजे सुरु हुनेछ ।

आजको एमाले स्थायी कमिटी बैठकमा पाँच विषयमा छलफल हुने जानकारी पनि उनले दिए । कार्यालय सचिव तामाङका अनुसार एमालेको आजको स्थायी समिति बैठकमा विधान महाधिवेशन समिक्षा गरिनेछ ।

वडा अधिवेशन कात्तिक ६ गते गर्ने सम्बन्धमा पनि छलफल हुनेछ । यसैगरी एमालेले पालिकाको अधिवेशन ९ कर्तिकमा गर्ने भएको छ । यस विषयमा पनि बैठकमा छलफल हुनेछ ।

राष्ट्रिय महाधिवेशन र देशका विभिन्न ठाउँमा बाढी पहिरोका कारण भएको जनधनको क्षेतीको विषयमा पनि बैठकमा छलफल हुने उनले जानकारी दिए ।

 

  • ४ कार्तिक २०७८, बिहीबार ०६:४८ प्रकाशित