बैंक वित्तीय संस्थाले व्याजदर बढाएकामा पोउवा संघको आपत्ति

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघले बैक तथा वित्तीय संस्थाहरुले एकाएक निक्षेपमा ब्याज दर बढाएकोमा आपत्ति जनाउँदै त्यसले समग्र अर्थ व्यवस्थामै असर पार्ने ठहर गरेको छ ।

संघले निक्षेपमा ब्याज बढाउँदा कर्जामा पनि ब्याज बढ्ने र त्यसले मूल्यबृद्धि पनि बढाउने हुँदा सो निर्णय फिर्ता गर्न माग गरेको छ ।

संघका महासचिव सुरेन्द्रमान विजुक्छेद्धारा जारी विज्ञप्तिमा ब्याजदर बढाउने निर्णय फिर्ता नभए निजी क्षेत्रबाट असहयोग र विरोध गरिने पनि उल्लेख गरिएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार १६:४९ प्रकाशित