आउने चुनावमा माओवादी समाप्त हुन्छ, नेकपा ‘एस’ले वडा पनि जित्दैन : अध्यक्ष ओली

केन्द्रभाग मिडिया

काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुको चुनावी प्रतिष्पर्धा नेपाली काँग्रेससँग मात्र हुने बताएका छन् । उनले अबको चुनावमा काँग्रेससँग नै प्रतिष्पर्धा हुने भन्दै अरुलाई च्याँखे थाप्नेहरुको संज्ञा दिएका छन् ।

‘काँग्रेस र एमालेबीच लडाई छ,’ ओलीले नेकपा एमाले बागमती प्रदेशको प्रथम बैठकलाई आज सम्बोधन गर्दै प्रचण्डलगायत नेताहरुबारे भने,‘अबको चुनावमा च्याँखे थाप्नेहरु पनि समाप्त हुन्छन् ।’ चुनावमा प्रतिष्पर्धा गर्न नसक्ने र च्याँखे थापेर गठबन्धनमा लाभ लिन खोज्नेहरुलाई अबको चुनावले समाप्त गर्ने उनको टिप्पणी थियो ।

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई एमाले समाप्त पार्ने गन्तव्यमा हिडेको आरोप लगाए । उनले भने,‘माधव नेपालको गन्तव्य भनेको एमाले सिध्याउने बाहेक केही होइन ।’

चुनावमा जित्न नसक्ने भएकाले प्रचण्ड र माधव नेपालले गठबन्धनको कुरा गरेको टिप्पणी गरे । उनले भने,‘चुनावमा साँठगाँठ गरेनन् भने वडाध्यक्ष समेत कसैले जित्न सक्नेछैन ।’

  • ३ कार्तिक २०७८, बुधबार १५:०१ प्रकाशित