सिरियामा आतंककारी हमला: कम्तीमा १३ सैनिक मारिए

केन्द्रभाग मिडिया

एजेन्सी ।

सिरियामा आतंकारी हमलामा कम्तीमा १३ जना सैनिक अधिकारी मारिएका छन् ।

दमास्कसमा भएको सैनिक बसमाथिको हमलामा उनीहरुको ज्यान गएको हो । आक्रमण हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ।

सिरियाका राष्ट्रिय सञ्चारमाध्यम अनुसार आज बिहान दमास्कसको जिसर(अल रइस पुलमुनिबाट जाँदै गर्दा आतंककारी हमला भएको थियो।

हमलामा परि तीन जना घाइते भएका छन्।

  • ३ कार्तिक २०७८, बुधबार १४:३१ प्रकाशित