पुम्दीकोट पुग्ने सडक स्तरोन्नती गर्छौ  : मन्त्री बराल

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले गण्डकी प्रदेशको गौरवको योजना अन्र्तगत पर्ने पुम्दीकोटको बिशाल महादेवको मुर्तिसम्म जाने सडक हाल निकै जीर्ण भएकोले उक्त सडक स्तरोउन्नती गर्ने बताएका छन् । पोखरा २२ (पुम्दी—भुम्दी) को वडा कार्यालय देखि बिशाल महादेवको मुर्ति स्थलसम्म जाने बाटो तत्काल मर्मत संहार गर्न चौतर्फी दबाब आएकोले उक्त सडक स्तरोन्नती गर्न बिषेश पहल गर्ने मन्त्री बरालले बताए ।

पोखरा २२ को पुम्दीकोट टोल विकास संस्था र ढलेपिपल टोल विकास संस्थाले बुधबार संयुक्त रुपमा आयोजना गरेको नेपालीहरुको महान चार्ड पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्रीले उक्त कुरा बताए । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको विशाल महादेवको मुर्ति प्रदेशको गौरवको योजनामा रहेकोले हाल पुम्दीकोट क्षेत्रमा दैनिक २/३ हजार पर्यटक जान थालेकोले सडकको अबस्था निकै जिर्ण भएकोले गर्दा प्रदेश सरकारले उक्त सडक स्तरोउन्नती गर्ने मन्त्री बरालले आश्वासन दिए ।

पुम्दीकोटमा आउजाउ गर्न हाल धेरै आन्तरिक पर्यटकले गुनासो गरे पछि मन्त्री बरालले आफ्नो क्षेत्र मात्र नभई स्वदेश तथा विदेशबाट समेत पर्यटकहरु आउने भएकोले गर्दा उक्त क्षेत्रको सडक पूर्वाधारमा ध्यान केन्द्रित गर्नुपर्ने बाध्ययता भएकाले गर्दा पनि सडक स्तरोउन्नतीलाई पहिलो प्रथामिकता दिने बताएका हुन् । सिद्धार्थ राजमार्गमा पर्ने तिलाहार देखि वडा कार्यालयसम्म पिच भएकोले बाँकी कच्ची सडक पिच गराउने योजना रहेको उनले सुनाए ।

मन्त्री बरालको पहलमा छोरेपाटन देखि शान्ति स्तुपाः सम्म हाल पिच सडक निर्माण भएको छ भने शान्ति स्तुपा हुदै लुकुश्वाँरा, कालाबाङ घरेडी, काबे्र, उल्लेरी ढाडा हुदै कुभिण्डेसम्म सडक निर्माण गर्ने आफ्नो लक्ष्य रहेको उनले बताउँदै आएका छन् । छोरेपाटन देखि फुर्सेखोला हुदै कुभिण्डेसम्म पनि उत्तिकै महत्व रहेकोले विकासको प्रमुख आवश्यकताको आधारमा प्रथामिकता दिदै जाने योजना रहेको मन्त्री बरालले बताए । विगतका दिनको स्मरण गर्दै केही भावुक हुदै मन्त्री बरालले हाल आफु प्रदेशको अर्थ मन्त्री भन्दा पनि विगतका साथे भाई र आफ्न्तहरुसंग भेटभाट भएको बताए ।

पार्टी, स्थानीय, घर परिवार सहितको सवैको साथ र सहयोगले गर्दा आज गाउँको सामान्य परिवारको किसानको छोरा मन्त्री हुदा स्थानियले केही विकास निर्माणका माग राख्नु स्वभाविक भएको बताउदै मन्त्री बरालले आफ्नो ल्याकतले भ्याएसम्म सवै क्षेत्रमा सन्तुलित ढंगले विकास गर्न चाहेको उनले उल्लेख गरे ।

कांग्रेस नेता एवं शिक्षासेवी खेमराज पौडेलले चुनौती सामना गरेर पार्टी प्रति बफादार भई पार्टीको विचारमा अडिक रहदै निरन्तर लागेका कारण आज आफ्नै गाँउलेलाई मन्त्रीको रुपमा स्वागत तथा सम्मान गर्न पाउदा निकै खुशी लागेको बताए । मन्त्रीको पहलमा पुम्दीकोट टावर स्थापनाले पुम्दीकोट बिशाल महादेव मुर्ति स्थापना गर्नुको जस मन्त्रीलाई नै जाने उनको भनाई थियो । पोखरा २२ का वडा सचिव रामप्रसाद पौडेलले पुम्दी भुम्दीलाई अब पर्यटनको क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने बताए ।

कार्यक्रम ढलेपिपल टोल विकास संस्थाका अध्यक्ष नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा माओबादी केन्द्र पोखरा २२ वडा कमिटीका अध्यक्ष चण्डकीका प्रसाद बराल, पुम्दीकोट युवा क्लवका सहसचिव पवन बि.क., पुम्दीकोट टोल विकास संस्थाका अध्यक्ष नरहरी बराल, सचिव राजु बराल लगायतले वोलेका थिए । मन्त्री सहित उहाँँकी आमा धनरुपा बराल र धर्मपत्नी सिता बराललाई समेत कार्यक्रममा फुल माला लगायर सम्मान गरिएको थियो । स्थानिय आमा समुह, क्लव, टोल विकास संस्थाका प्रतिनिधि र स्थानियले मन्त्री बराललाई आफ्नो गााउँमा अर्थ मन्त्री पाउदा निकै गौरव लागेको भन्दै खादा तथा माला लगायर भब्य स्वागत तथा सम्मान गरेका थिए ।

  • ३ कार्तिक २०७८, बुधबार १३:१७ प्रकाशित