दसैँ अबधीमा गण्डकीमा १५ दूर्घटनामा १५ जनाको ज्यान गुम्यो, ८० घाइते, किन हुन्छ चाडबाडमा धेरै दूर्घटना ? (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा दशैं अबधीमा १५ वटा सवार दूर्घटना भएका छन् । ति दूर्घटनामा परेर १५ जनाको ज्यान गुमेको छ भने ८० जना घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीले जानकारी दिएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय गण्डकीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीका अनुसार १५ वटा दूर्घटना मध्ये ९ वटा दूर्घटना तीव्र गतिका कारण भएका छन् ।

ओभरलोडका कारण एउटा, सवारी साधनको आन्तरिक कारणका कारण दुई वटा, ओभरट्याकका कारण दुई वटा दूर्घटाना र सवारी चाकल अनुमति पत्र नभएकाले चलाएका कारण एउटा दूर्घटना भएका प्रहरी नायव उपरीक्षक केसीले बताए ।

सबैभन्दा धेरै मोटरसाईकल दूर्घटनामा परेका छन् । सात वटा मोटरसाईकल, ६ वटा जीप, एउटा ट्रक र एउटा बस दूर्घटनामा परेको उनले जानकारी दिए ।

चाडबाडका बेला यात्रुहरुको धेरै चाप हुनु, सवारी साधनको अवस्था, चालकको लापरबाही र बाटोको अवस्थाका कारण दूर्घटना भएका उनले बताए ।

  • ३ कार्तिक २०७८, बुधबार १३:३४ प्रकाशित