कोसीमा खतरा सुचक पार : ब्यारेजका ४२ वटा ढोका खोलिए

केन्द्रभाग मिडिया

विराटनगर ।

कोसी ब्यारेजमा पानीको वहावले खतरा सुचक पार गरेको छ ।

केही दिनयताको अविरल वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव उच्च भएको हो ।पानीको सतहले खतराको सुचक पार गरेपछि पानीलाई निकास दिन ब्यारेजका ५६ ढोकामध्ये ४२ ढोका खोलिएको छ ।

बुधबार बिहान गरिएको मापनअनुसार कोसी ब्यारेज भएर करिब २ लाख ६१ हजार क्युसेक पानीको बहाव रहेको ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ । पानीको बहाव उच्च भएर जोखिम बढेपछि सतर्कतासूचक रातो बत्ती बालिएको छ ।

नदीको तटीय क्षेत्र र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

  • ३ कार्तिक २०७८, बुधबार १०:१८ प्रकाशित