पर्सी (बिहीबार)देखि मौसममा सुधार आउने !

केन्द्रभाग मिडिया

काठमाडौं ।

पर्सी बिहीबारदेखि मौसममा सुधार आउन सक्ने मौसमविद्ले आँकलन गरेका छन् ।

बंगालको खाडी र मध्य भारतमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको प्रभाव थपिदाँ आइतबारदेखि देशभर बिग्रिएको मौसममा सुधार आउन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दुई दिनदेखि देशभर पानी परिरहेको छ ।

पूर्वानुमान महाशाखाको अनुसार पर्सिदेखि क्रमिक मौसममा क्रमिक सुधार आउँछ भने आज र भोली देशका धेरै स्थानमा मौसम अवस्था अहिलेको जस्तै रहनेछ ।

पछिल्लो दुई दिनमा बंगालको खाडीबाट खाएको यो प्रणालीले बाढी पहिरो निम्त्याएको छ । सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भएको छ भने बाढीले बस्ती डुबानमा परेका छन् । झण्डै ७० स्थानीय बाढीमा फसेका छन् उनीहरु उद्धारको पर्खाइमा छन् । उद्धारका लागि गएको हेलिकप्टर खराब मौसमको कारण धनगढी विमानस्थलमा रोकिएको छ ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी आएको छ भने नदीले कटानसमेत गरेको छ ।मनसुनपछि पनि केही स्थानमा आरीघोप्टे वर्षा भएको छ ।

हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । बाक्लो हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् ।

  • २ कार्तिक २०७८, मंगलवार १६:४१ प्रकाशित