मैले गल्ती गरेँ आइन्दा गर्दिनँ भनेर सभामुखले आत्मालोचना गरे संसद चल्छ : प्रमुख सचेतक भट्टराई

केन्द्रभाग मिडिया

काठमाडौं।
नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले ले गल्ती गरेँ, आइन्दा गर्दिनँ भनेर आत्मालोचना गरे संसद् अवरोधमा पुनर्विचार गर्न एमाले तयार भएको पनि उनले बताए ।

भट्टराईले एमालेले उठाएका मुद्दाका प्रश्नको यथोचित् समाधान नभएसम्म संसद् नखुल्ने स्पष्ट पारे । उनले भने, हामीले जे मुद्दा उठाएका छौं, त्यो सम्बोधन गर्नुपर्छ । सभामुखले गलत क्रियाकलाप सच्चाउनुपर्छ । मैले गल्ती गरेँ, त्रुटि गरेँ, आइन्दा गर्दिनँ भनेर एमालेप्रति गरेको विभेदमा आत्मालोचना गर्न तयार हुनुभयो भने पुनर्विचार गर्न सकिन्छ ।”

नेकपा एमाले संविधान निर्माणमा अगुवाइ गरेको लोकतन्त्रवादी पार्टी भएकाले संसदलाई सर्वोच्च संस्था मानेको उनले बताए । उनले भने, “संसद् भनेको जनताको आवाज मुखरित हुने थलो हो ।

नेकपा एमालेले खुला रुपमा सार्थक वार्ता गर्न भनेकै हो । तर सभामुखले अदालत र निर्वाचन आयोगसँग सेटिङ गरेर पार्टी विभाजनको मतियार बन्नुभयो । हामी संवादका माध्यमबाट अहिलेको गतिरोधको शान्तिपूर्ण समाधान गर्न चाहन्छौं । सभामुख र प्रधानमन्त्रीले चाहेमा वार्तामा बस्न तयार छौं ।”

  • २ कार्तिक २०७८, मंगलवार १६:३० प्रकाशित