अपडेट: उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थमै रोकियो

केन्द्रभाग मिडिया

धनगढी ।

खराब मौसमको कारण उद्धारका लागि गएको हेलिकप्टर धनगढी विमानस्थलमै रोकिएको छ ।

सुदूरपश्चिममा बाढीमा फसेकाहरूको उद्धार गर्न गएको हेलिकप्टर प्रतिकुल मौसमको कारण धनगढी विमानस्थलमै अवतरण गरेको हो ।

अविरल वर्षाका कारण बाढीमा फसेका बैतडीका ६०, कञ्चनपुरका ५ र कैलालीका २ जना उद्धारको पर्खाइमा छन्।तर पानी पर्न नरोकिदाँ उद्धारमा कठिनाई भएको छ । मौसममा सुधार हुनासाथ उनीहरुको उद्धारका लागि हेलिकप्टर त्यसतर्फ जाने बताइएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १६:१६ प्रकाशित