एमाले स्थानीय तहको अधिवेशनका कारण प्रतिनिधिसभा बैठक पर सर्यो

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा एमालेले यही कात्तिक ९ गते देशभरका ७५३ वटै स्थानीय तहको अधिवेशन गर्दैछ ।

त्यसैलाई मध्येनजर गर्दै उक्त दिन बस्ने प्रतिनिधिसभाको बैठक सभामुख अग्नी सापकोटाले दुईदिन पर सारेका छन् ।

निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको एमालेकै आग्रहमा ९ कार्तिकका लागि डाकिएको प्रतिनिधि सभाको बैठक दुई दिन सारिएको हो ।

संसद सचिवालयले सूचनामार्फत् बैठक ११ गते २ बजेका लागि सारिएको जानकारी दिएको हो ।

संसद सचिवालयले मंगलबार सूचना प्रकाशित गरी ९ गतेका लागि बोलाइएको बैठक ११ गते बस्ने गरी सारिएको जनाएको छ । बैठक दिनको २ बजे बस्ने छ।

 

 

  • २ कार्तिक २०७८, मंगलवार १५:५१ प्रकाशित