गण्डकीमा थप १४५ जनामा संक्रमण, ५ संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ४८५ जना निको भएका छन्, भने थप ५ संक्रमितको निधन भएको निर्देशनालयले जनाएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या ४६६ छ । ती मध्य ४०२ जना होम आइसोलेसनमा छन् ।

  • २ कार्तिक २०७८, मंगलवार १५:३७ प्रकाशित