बाढीमा फसेका ६० जना खतरामा

केन्द्रभाग मिडिया

प्रतिकात्मक तस्वीर

बैतडी ।

बैतडी स्थित सेती नदीमा फसेका ६० जना उद्धारको पर्खाइमा रहेका छन् । सिगास गाउँपालिका –५ ढुंगाडमा १० परिवारका ६० जना सेनी नदीले घेरिएको टापुमा फसेका हुन्

१०५ घरधुरी रहेको बस्तीमा सोमबार राति १ बजेदेखि बाढी पसेको वडाध्यक्ष रामबहादुर धामीले बताएका छन् । उनका अनुसार राति धेरै स्थानीय भागेर ज्यान बचाउन सफल भएका छन् । ६० जना जति अहिले पनि फसिरहेको उनले जानकारी दिएका छन् ।

उद्वारका लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको उनले बताए । टापुमा फसेकाहरू अहिलेसम्म सुरक्षित रहेको तर खतरामा रहेको बताइएको छ । उद्धारका लागि त्यस ठाउँसम्म पुग्न ७÷८ घण्टा बढी हिँड्नपर्ने भएकाले पुग्न ढिलो हुने बताइएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १४:२९ प्रकाशित