पहिरोले बेनी-मुस्ताङ राजमार्ग अवरुद्ध

केन्द्रभाग मिडिया

File Photo

पोखरा।

भारी वर्षाले गएको बाढी र पहिरोले देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएको छ ।

पहिरोका कारण गण्डकी प्रदेश अन्तर्गत बेनी मुस्ताङ राजमार्ग अवरुद्ध भएको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ । केन्द्रको अनुसार म्याग्दीको बेनी गाउँपालिका–४ घुमाउनीभिरमा वर्षाका कारण सडक हिलाम्य हुँदा मंगलबारदेखि राजमार्ग अवरुद्ध भएको हो ।

यस्तै सुदूरपश्चिमको कैलालीको चुरे गाउँपालिका–५ भासुभिरमा पहिरो जाँदा भिमदत्त राजमार्ग अवरुद्ध भएको छ । यस्तै डोटीको जोरायल र बझाङको जयपृथ्वी राजमार्गलगायतका अन्य राजमार्ग अवरुद्ध भएको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १३:५७ प्रकाशित