प्रधानमन्त्रीद्वारा विपद प्रभावितको तत्काल उद्धार गर्न निर्देशन

केन्द्रभाग मिडिया

काठमाडौंँ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले वर्षातका कारण प्रभावितहरुको उद्धार र राहतको लागी निर्देशन दिएका छन् ।

आज बिहान गृहमन्त्री बालकृष्ण खाणँलाई बोलाएर प्रधानमन्त्रीले सुदूरपश्चिम लगायत मुलुकका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको वाढी, पहिरो र डुवानबाट प्रभावितहरुलाई तत्काल उद्दार र राहतको व्यवस्था गर्न गृह मन्त्रीलाई निर्देशन दिएका हुन् ।

सुदुरपश्चिम प्रदेशमा बाढीका कारण महाकाली नदी र खहरे खोलको बिचमा ५ जना फसेका छन् । उद्धारका लागि अहिले उक्त क्षेत्रमा हेलिकप्टर पठाइएको छ । वर्षातको कारण अन्य क्षेत्रमा पनि बाढी र पहिरोले जनजिवन प्रभावित पारेको छ ।

  • २ कार्तिक २०७८, मंगलवार १३:०७ प्रकाशित